शनिबार, बैशाख ११, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख ११ (फरकसमाचार)
कोभिड–१९ विरुद्धको दोस्रो डोजको खोप शुक्रबारसम्म ४ हजार ३ सय २२ जनाले लगाएका छन् । कोभिड–१९ विरुद्धको अभियानमा पहिलो प्राथमिकतामा परेकालाई दोस्रो डोजको खोप मंगलबार देखि लगाउन सुरु भएको हो । गत माघको १४ गते देखि २४ गते र फागुन २ गतेदेखि १० गतेसम्म स्वास्थ्य कार्यालयले कोभिड विरुद्धको पहिलो खोप लगाएको थियो ।