शनिबार, बैशाख ११, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख ११ (फरकसमाचार)
प्रहरीले वेवारिसे अवस्थामा किराना सामान शुक्रबार बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोली सामान फेला पारेको हो । बढैयाताल गाउँपालिका–६ लोखरपुर जाने बाटोमा सामान फेला परेको हो । प्रहरीका अनुसार मुल्य रु ३५ हजार ७ सय ५० बराबरको सामान बरामद भएको हो । बरामद सामान भारतबाट भन्सार छली ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बरामद सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए ।