२४ घण्टामा २६ सय बढी कोरोना संक्रमित थपिए, १४ को मृत्यु
शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित

बैशाख ११,(फरक समाचार)/ पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै १४ को मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ । रातो पाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर