सिडिओ भन्छन् भिँड गराए तु कारबाही
बर्दिया, बैशाख १२ (फरकसमाचार)
शनिबार गुलरियाको हाट बजार बेरोकटोक संचालन भयो । सामाजिक संजालमा हाट बजार बन्द हुनु पर्ने भन्दै अधिकांशले प्रतिक्रिया जनाए । यसले कोरोना संक्रमण नियन्त्रणका लागि प्रशासन र सर्वसाधारण बेखबर भएको सन्देश दिएको छ । डिडिएमसीको बैठकले हाट बजार, पार्टी प्यालेस र २५ जना भन्दा बढि मानिसलाई भिँडभाड गर्न प्रतिबन्ध लगाएको बैशाख ६ गते गरेको निर्णयमा उल्लेख छ ।
शनिवार गुलरिया नगरपालिका–६ मा गरिएको कोरोना परीक्षणमा ५० प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । रेन्डम्ली गरिएको परीक्षणले गुलरिया बजारमा कोरोना संक्रमित बढेको पुष्टि गर्छ । मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर कोरोनाको चेन तोड्ने बिषयमा भएको निर्णय कार्यन्वयनमा प्रशासन फितलो भएको पाईएको छ ।
प्रमुख जिल्ला अधिकारी शन्त बहादुर सुनारलाई हाट बजारमा बेरोकटोक मानिसहरुको भिँड बढिरहेको जानकारी गराउँदा भिँड गराए ठाउँको ठाउँ कारबाही गर्ने बताए । तर,प्रजिअले भनेको विपरीत गुलरिया बजारमा कोरोना भाईरसको चेन तोड्न गरिएको प्रयास फितलो देखिएको छ । यद्यपि कोरोना संक्रमण कन्ट्याक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षण गरिएको छैन ।
कोरोना परीक्षण लक्षण देखिएपछि गरिने भएकाले कोरोनाको संक्रमितको संख्या ह्वात्तै बढेको चिकित्सक अनुमान गर्छन् ।
‘अहिले कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा बढेको छ,’एक चिकित्सकले भने,‘मानिसहरु संबेदनशील देखिएका छैनन् ।’
सरकारले लकडाउँन खुुकुलो गरेसँगै मानिसहरु स्वास्थ्य मापदण्ड नअपनाई हिडडुल गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढेको छ ।
उनका अनुसार कोरोना संक्रमण बजार भन्दा ग्रामिण क्षेत्रमा फैलिएको रेकर्डले पुष्टि गरिरहेको उनको भनाई छ ।‘पहिला धेरै संक्रमित भएका ठाउँमा कम भेटिएको छ भने पहिलो चरणमा नदेखिएको ठाउँमा संक्रमित बढिरहेका छन्’उनले भने । उनका अनुसार कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि प्रत्येक पालिकामा सचेतना र स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरिरहेको छ ।
सामान्य अवस्थामा रहेका विरामीलाई जिल्लामा उपचार गरिएको छ भने सक्रिय भाईरस भएका संक्रमितको उपचार नेपालगंजमा भईरहेको छ । सुरुमा रुखा, खोकि र ज्वरो आएकाको कोरोना परीक्षण गर्दा अधिकांशमा कोरोना संक्रमण भेटिएको छ । कोरोना संक्रमितलाई स्वास फेर्न गाह्रो हुने र उच्च रक्तचापका कारण संक्रमित हुने गरेको एक चिकित्सकले बताए ।
रुघाखोकीसँगै ज्वरो आउने, शरीर दुख्ने र झाडापखाला लाग्ने भएपछि बर्दियाको मधुवन नगरपालिका– ५ तारातालका तुलबहादुर गुरुङ दम्पतीले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । बिहीबार मोबाइलमा संक्रमण रहेको रिपोर्ट आएपछि उनीहरू साँझ ७ बजे हतारिँदै नेपालगन्जस्थित भेरी अस्पताल पुगे । तर, राति ११ बजेसम्म बेड पाएनन् ।
अस्पताल पुगेपछि उनीहरूले बेडका लागि चिकित्सक, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीसँग हारगुहार गरे । तैपनि व्यवस्था हुन सकेन । किनभने, संक्रमितले अस्पतालका बेड भरिएका छन् । आइसोेलेसन कक्ष बाहिर राखिएको बेडमा पत्नीसहित बसेका गुरुङले भने, ‘सास फेर्न गाह्रो भइरहेको छ । लौन सर सक्नुहुन्छ भने बेड मिलाइ दिनुप¥यो । हामीलाई गाह्रो हुन थालेको छ ।’ बेड कुर्दै उनीहरू राति ११ बजेसम्म आइसोलेसन कक्ष बाहिरै थिए ।