अवैध सामानसहित तीन पक्राउ
आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित

 

बर्दिया, बैशाख १२(फरकसमाचार)

सशस्त्र प्रहरीले अवैध सामानसहित तीन जनालाई शुक्रबार पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ डल्लापुर बस्ने १६ वर्षिय गोपाल यादव, १६ वर्षिय राज यादव र १५ वर्षिय श्यामु यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारतबाट भन्सार छली सामान ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सामानसहित तीनै जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीका अनुसार मुल्य रु ९२ हजार २ सय ५० बराबरको सामान बरामद भएको छ । अवैध सामानमा मोटर साईकलका पार्टस्हरु छन् । पक्राउ परेको सामानसहित तीनै जनालाई कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए । कोभिडको संक्रमणलाई नियन्त्रण गर्न सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको बताए । सिमा क्षेत्रमा थप विओपी स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर