बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा (यी सेवाबाहेक अरु बन्द)
सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

बैशाख १३,(फरक समाचार )/ कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यराति १२ बजेदेखि लागु हुने छ ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

यी सेवा बाहेक अरु बन्द
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएम जस्ता अत्वाश्यक सेवाबाहेक अरु बन्द हुने छन् ।

यी सवारी साधन चल्ने छन्
एम्वुलेन्स, शववहान, दमकल, कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालबाहक साधानहरु, निर्माण सामाग्री ढुवानीका साधान, अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन बाहेक अन्य चल्न पाउने छैनन् ।स्वास्थ्य पेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर