परीक्षा स्थगित
मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १४

विद्यालय स्तरीय हुने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयका परीक्षा स्थगित गरिएको छ । विद्यालय स्तरीय परीक्षा बैशाख १५ गतेदेखि संचालन हुने भनिएको थियो । कोभिड महामारी दिनहुँ बढ्दै गएकोले परीक्षा स्थगित गरिएको हो । गुलरिया नगरपालिकाको बैठकले आइतबार परीक्षा स्थगित गरेको हो । अर्को सुचना नआएसम्मका लागि परीक्षा स्थगित गरिएको गुलरिया नगरपालिका शिक्षा शाखाका अधिकृत सतिश यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर