गाई काटेको अभियोग पक्राउ
बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित

भोजपुर, बैशाख १५ /  जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो।

कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राति साढे ११ बजे घरबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। पक्राउ परेका परियारको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर