एकैदिन दुई फरार पक्राउ
शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १७ (फरकसमाचार)

लामो समय देखि फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले एकैदिन पक्राउ गरेको छ । यस अगाडि १५ दिनको अवधिमा १६ जना विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । विभिन्न अपराध गरी फरार रहेका व्यक्तिहरुको प्रहरीले खोजी गरी धमाधम पक्राउ गरिरहेको छ । छोटो अवधिमा धेरै फरार व्यक्तिहरु पक्राउ भएपछि प्रहरीको कार्यलाई जिल्लावासीले प्रसंसा गरेका छन् ।
घरेलु हिंसा मुद्दाका फरार रहेका प्रतिवादीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी बस्ने ३५ वर्षिय रामलाल थारु रहेका छन् । थारुलाई जिल्ला अदालतले ०७६ साल फागुन ७ गते जरिवाना तोकोको थियो । जरिवाना तोकेको दिन देखि थारु फरार रहेका थिए ।

त्यसैगरी अर्का जारी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका ४६ वर्षिय जय बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले उनलाई ०७० साल असार २३ गते जरिवाना ताकेको थियो । जरिवाना तोकेको दिनदेखि उनी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा उपस्थित गराई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर