शुक्रबार, बैशाख १७, २०७८
मा प्रकाशित
0
Shares
सल्यान, बैशाख १७ : सल्यानमा चट्याङ पर्दा दुई बालक घाइते भएका छन्। जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर कोटमा बिहीबार राती जङ्ग बहादुर थापामा घरमा परेको चट्याङले दुई बालक घाइते भएका हुन्।
घाइते हुनेमा थापामा दुई वर्षीय छोरा सन्दिप थापा र फुपुको घरमा आएका १४ वर्षीय सन्तोष डाँगी रहेको स्थानीय दीपक भण्डारीले जानकारी दिए।
घाइते दुवै बालकको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै कपुरकोट गाउँपालिकाको डांग्रीमा परेको चट्याङले एक गोरु मरेको प्रहरी कार्यालय सल्यानले जनाएको छ। थाहाखबरबाट