बर्दिया, बैशाख १७ (फरकसमाचार) / जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कोभिड सम्बन्धी प्रशिक्षण दिईएको छ । ‘आफु सुरक्षित रहौं र अरुलाई सुरक्षित राखौं’ भन्ने उदेश्यका साथ एक दिने पशिक्षण बिहिबार दिईएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र बर्दिया जिल्ला अस्पतालको संयुक्त आयोजनमा कार्यक्रम भएको जनाईएको छ । नयाँ भेरिएन्ट सहितको कोभिड –१९ संक्रमणको सन्दर्भमा प्रहरी कर्मचारीहरुलाई जानकारी गराईएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीको उपस्तिथीमा कार्यक्रम भएको हो ।
प्रहरी कर्मचारीहरुलाई मास्क, सेनिटाइ, साबुन पानीले बेलाबेलामा हात धुने र सामाजिक दुरी कायम गर्ने विषयमा डा. नरेश बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
फ्रन्टलाइनमा प्रहरी कर्मचारी खटिएकाले कोभिड महामारीबाट आफु कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने बारेमा कार्यक्रममा छलफल गरिएको थियो ।