मिन अधिकारी
बर्दिया, बैशाख १८
राजापुरमा एक जनाले आप्mनो जन्मदिनको अवसरमा मास्क र साबुन वितरण गरेका छन् । सामाजिक अभियन्ता सूर्य केसीले २ हजार थान मास्क र साबुन समुदायमा वितरण गरेका छन् ।
राजापुर नगरपालिका –४ को शान्तिपुरका २ सय भन्दा बढी घरधुरीलाई १ हजार थान साबुन र २ हजार थान सर्जिकल मास्क वितरण गरेका छन् । विश्वभरी बढ्दै गएको कोरोना संक्रमणको जोखिमको बेला समुदायलाई कोरोनाबाट बचाउन मास्क र साबुन वितरण गरेका छन् । स्थानीयलाई मास्क लगाउने र साबुन पानीले हात धुने सचेतना फैलाउने उद्देश्यले प्रत्येक घर घरमा पुगी मास्क प्रदान गरेका छन् । सामाजिक अभियन्ता केसीले आफनो जन्मदिनमा विगत देखी नै सामाजिक काम गरेर मनाउने गरेका छन् । केसीसँगै शान्तिपुर गाउँका अन्य युवा अभियन्ता समेतले यो अभियानमा अग्रसर भएर सहयोग गरेका छन् । अभियानमा शान्तिपुरका युवाहरु एकजुट भई कोरोना संक्रमण रोकथाम सम्बन्धी माइकिङ गर्दै पम्पलेट समेत वितरण गरेका थिए । त्यस्तै स्थानीय दीपेन्द्र खड्का र नारायण चालिसेले कोरोना सचेतना सम्बन्धी १० वटा ब्यानर गाउँका विभिन्न स्थानमा लगाएका छन् । कोरोनाको महामारीको समयमा यस्ता अभियानलाई निरन्तरता दिने नारायण मल्लले बताए । स्थानीय सरकारले यसरी सचेतना फैलाउने कार्यक्रमको थालनी गरेमा कोरोना संक्रमण बाट समुदायलाई बचाउन सकिने अभियनता केसीले बताए ।