भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो
मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित

बैसाख २१ पछिल्लो समय भारतमा कोरोना संक्रमित र मृतक संख्या सबैभन्दा बढी रहेको छ। भारतमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या २ करोड नाघेको छ।

सोमबार संक्रमितको संख्यामा वृद्धि भएर कुल २ करोड २ लाख ८२ हजार ८३३ जना पुगेको छ। यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २२ हजार ४०८ रहेको भारतको स्वास्थ्य मन्त्रलायलृ जनाएको छ।

भारतमा सोमबार मात्र ३ हजार ४ सय ४९ कोरोना संक्रमितको ज्यान गएको छ। हिजो एकैदिन ३ लाख ५७ हजार २२९ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर