सर्वसाधरण बचाउँन लालायित जनार्दन दम्पती
शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित

काठमाडौं,बैशाख २४
यतिवेला अधिकांश नेता कुर्सी र स्वार्थको पछि लागेका छन् । सर्वसाधरणको दुःखमा हातेमालो गर्ने बेला नेताहरुको घिनाउँन हर्कतले नेता जनले आलोचना खेप्न परेको छ । तर,यथार्थलाई विर्सेर सर्वसाधरणको पक्षमा काम गर्ने त कुरै छोडम,काठमाडौंको खाल्डो नछाडेर चर्का भाषण गर्न सिमित भएका नेता धेरै नै छन् यँहा । देशमा दोस्रो चरणको डरलाग्दो कोरोना संक्रमण फैलिरहदा अकालमा ज्यान गुमाउँनु परेको प्रश्रव पिडामा देशवासी छन् ।
यस्तो डरलाग्दो संक्रमणको वेवास्ता गर्दे फिल्डमा सर्वसाधरण वचाउँन लागि परेको पश्चिम रुकुममा नेता जनार्दन जनता माझ रियल हिरो बन्न सफल छन् । रुकुम पश्चिमका उदाउँदा नेता जनार्दन भने सर्वसाधरण वचाउँन लालायित भएका देख्दा जन नेता पनि नेपालमा छन है भन्ने कुराको सकारात्मक सन्देश दिएको छ ।
भोक,प्यास,दुःख बिर्सिएर खटिएका जनार्दन दम्पति कै कारण रुकुम पश्चिम स्वास्थ्य अब्बल बनिरहेको छ । ईङलिशमा एउटा उक्ति छ,‘एभ्रिथिङ ईज पोशिवल ’ ।यस्तै विश्वासको जग उक्लिएर अघि बढेका नेता जनार्दन दम्पतिका कारण रुकुम पश्चिमको स्वास्थ्य क्षेत्र देश भरिमै नमुना बनेको छ । सिमित स्रोत,जनशत्तिको प्रयोगले गाउँ गाउँ उपचार पाउँन सकिने भएको हो ।
पश्चिम नेपालमा अक्सिजन सिलिन्डर,शैया,चिकित्सकको उपचार पद्दति विनै मृत्यु वरण गर्न परिरहेको तितो यर्थाथ हामी सामु छ । यस्तो अवस्थामा रुकुम पश्चिम वा पश्चिम नेपालको उदाउँदा नेता सर्वसाधरण वचाउँन लालायित भएर फिल्डमा काम गर्दा भने जन नेताको बिल्ला भिरेका जनार्दनको कद उचो भएको छ ।
उनले कुनै नौलो काम त गरेका होईन ।यसवेला जनतालाई घर घरै पुगेर दिएको साथले रुकुम पश्चिमका जनताको शिर उचो बनाएको छ । स्वास्थ्य सामाग्रीका लागि गरेको पहल र जनता वचाउँनका लागि गरेको निस्वार्थ कामले कुनै जातजाती,समुदाय,दल बिशेषलाई मात्र नसमटेर आम नेपाली लाभान्वित भएको स्थानीय स्मरण गर्छन ।


एकिकृत माओवादीका नेता जनार्दन आफै पनि कोभिड बाट अछुतो रहन सकेनन । श्रीमति र छोरी लाई समेत कोभिड संक्रमण पर्ने ठूला नेता मध्यमा पर्छन जनार्दन । जनार्दन यसअघि सरकारले दिएको उर्जा र गृह मन्त्रालयको जिम्मेवारीमा वस्दा जनार्दन ल्याएको आमुल परिवर्तनले नया पद्दतिको विकास भएको सर्ब बिदितै छ ।
यतिखेर जनार्दनले दिएको सुरक्षा सामाग्रीले जिल्लाबासीले सुरक्षा अनुभुति गरेको आभास गराएको छ । यस्तै समाजका काममा अग्रसर देखिएका पश्चिम नेपालका एक्ला नेता भनेर परिचित जनार्दनको देश भरिमैे वाहवाही छ । चिकित्सकले नै ‘कोभिड १९’को त्रासमा रहेका अबस्थामा नेता जनार्दनको नौलो सराहनिय काम सबैले मनपराएका छन् ।


यति बेला घर छोडेर हिँड्ने कसैलाई पनि परिवारका सदस्यले क्षमा दिदैनन् ।जनार्दनलाई जिवनसाथी साथ पाउँदा झन उत्साहित भएको अनुमान गर्छन । सरकारले लकडाउन गरेका बेला बाहिर निस्केर कोरोना भाईरस नियन्त्रण खटिएकाले उनी जिल्लाबासीको माझ पर्याय भए । हिँडडुल गर्न चिकित्सक नै डराईरहेको अवस्थामा असमान्य व्यक्ति जस्तै गरि काठमाडौबाट राहत सामाग्री बाकेर उनी गृह जिल्ला पुग्दा उनको कामलाई सह्रानिय भन्दै प्रशंसा गरे । डरलाग्दो रुपमा बिश्वभर फैलिएको कोभिड १९ जस्तो रोगबाट सर्वसाधरणलाई सुरक्षित गर्न उनी तल्लिन देखिएका छन् ।
सबैका अ–आफ्नै सपना हुन्छन । जसले समन्वयकारी भूमिका निभाएर उदाहरणीय काम गर्न सक्छ । उसले परिचय असल नेता उपमा पाउँछ । उसैले सर्वसाधरणको वाह– वाही कमाउँछ ।
आफूले देखेको सपनापछि कुद्ने धेरै छन् । र त्यसैको प्राप्तिका लागि जसले कठिन संर्घष गर्छ, त्यही सफल बन्छ । यस्तै यस्तै कामले नेता जनार्दनको प्रशंसा हुन थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर