पाँच रुपैयाँ जरिवाना नबुझाउने फरार अभियुक्त पक्राउ
शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

गुलरिया : बर्दिया प्रहरीले पाँच रुपैया जरिवाना नतिरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयका क्रममा ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले उनीहरुलाई बढैयातालबाट पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०६९ साल पुष २६ गतेको जालसाजी मुद्धाको फैसलाअनुसार तोकिएको ५ रुपैया जरिवाना नतिरि फरार रहेका दुईजनालाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । अदालतको फैसला आदेशअनुसारको थोरै जरिवाना रकमसमेत नतिरी फरार रहेकालाई अदालतमा बुझाएको उनले जानकारी दिए ।

रुपन्देही अदालतको मिति २०७० साल असार ४ गतेको फैसला आदेशले सम्बन्ध विच्छेद मुद्धामा १ सय २५ रुपैयाँ जरिवाना तोकिएका १ जना व्यक्ति पक्राउ परेका छन् । त्यस्तै कास्की जिल्ला अदालतको २०६१ साल जेठ १८ गतेको फैसलाले गाली बेइज्यत मुद्धामा १ सय रुपैयाँ जरिवाना तोकिएका फरार अर्का व्यक्तिलाई समेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि बर्दिया जिल्ला अदालतमा बुझाइएको एसपी कार्कीले बताए । कानूनले तोकेको जरिवाना सानो रकम मानेर अटेरी गरी फरार रहेकाहरुलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।साभार अन्नपूर्ण पोस्ट खबर

प्रतिक्रिया

सम्बन्धित खवर