कैलालीमा एकै दिन ९ जना संक्रमितको मृत्यु
शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

२५ वैशाख, धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको जोशीले बताए ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको जोशीले बताए ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।साभार अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर