यस अनलाईनका विज्ञ" />

आज – २६ बैशाख २०७८ आइतवार को राशिफल
आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता, पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम पनि गर्नसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र मन चंचलता हुने समय पनि छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जायला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर