विराटनगरमा कोरोना संक्रमणबाट आमा-छोराको मृत्यु
बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा एक आमा–छोराको मृत्यु भएको छ ।  उनीहरुको एकदिन अघिपछि संक्रमणका कारण मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार आमाको मृत्यु भएको थियो भने बिहीबार अपरान्ह छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।बस्नेतका अनुसार बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरालाई नै विराटनगर अस्पताल विराट नर्सिङ्होममा भर्ना गरिएको थियो । मारवाडी समुदायका उनीहरु  सुनचाँदी व्यवसायमा आबद्ध  छन्।

बुधबार राति मृत्यु भएकी आमालाई घाटमा अन्त्येष्टिका लागि कान्छा छोराले लिएर गएका थिए । आमाको अन्त्येष्टि नसकिँदै उनका ४२ वर्षे दाजुको पनि मृत्यु भयो । आमाको अन्त्येष्टिका लागि बिहिबार अपरान्ह घाटमा लगेर  चिता  जलाउने तयारी भइरहँदा अस्पतालमा छोराको पनि मृत्यु भएको थियो।साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर