प्रहरीद्वारा विपन्न घरपरिवारलाई स्वास्थ्य सामाग्री वितरण
सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,जेठ ३

जिल्ला प्रहरी कार्यालयले गुलरिया नगरपालिका–७ महाकवि टोलका टाँगा चलाउने र माटोका भाडा बनाउने परिवारलाई आइतबार स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिड–१९ को संक्रमणबाट जोगिनको लागि स्वास्थ्य सामाग्री वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । प्रहरी उपरीक्षक कार्कीले ५० घर परिवारलाई स्वास्थ्य सामाग्री मास्क र साबुन वितरण गरेका हुन् । महामारीबाट आफु कसरी जोगिने र घर परिवारलाई संक्रमणबाट कसरी जोगाउने बारेमा बताएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट निकै सक्रिय भएकोले आफु सुरक्षित हुन जरुरी रहेको बताए । अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन उपरीक्षक कार्कीले आग्रह गरे ।

निस्कनै परे मास्क सेनिटाईजर प्रयोग गर्नु पर्ने बताए । मास्क लगाउदा नाँक र मुख छोपेर राम्रोसंग लगाउन अनुरोध गरे । कुनै सामान छुदा साबुन पानीले राम्रोसंग मिचिमिचि हात धुनुपर्ने बताए । घरका कुनै सदस्यलाई कोरोनाका लक्षण देखिएमा नआत्तिन आग्रह गरे । आत्मबल बढाए कोरोनालाई सजिलै जित्न सक्ने बताए । परिवारका कुनै सदस्यलाई कोरोना पुष्टि भए छुट्टै बस्ने भिडभाडमा नजान आग्रह गरे । घरमै बस्ने गाह्रो भए अस्पताल जान आग्रह गरे । यस स्वास्थ्य सामाग्रीले प्रयाप्त नभएपनि जिल्ला प्रहरी कार्यालयले तपाईहरुलाई माया गरेर दिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

त्यसैगरी आइतबार निषेधाज्ञा उलङ्घन गर्ने दर्जनौ व्यक्तिहरुलाई प्रहरी उपरीक्षक कार्कीले कोभिड महामारीको बारेमा जानकारी गराएका छन् । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामाग्री खरिद गर्न बिहान ६ बजे देखि ९ बजेसम्म तोकेको छ । अनावश्यक रुपमा हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका व्यक्तिहरुलाई उपरीक्षक कार्कीले बिना कामको हिडडुल नगर्न अनुरोध गरेका छन् । आफु सुरक्षित भई आफ्नो समुदायमा कोरोना महामारीको बारेमा सचेत गराउन समेत अनुरोध गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर