बर्दिया, जेठ ३ (फरकसमाचार)
मित्र हमालको सम्झनामा गुलरिया–६ सुहेलवा निवासी हाल हङ्कङबाट युवराज रिजालले अक्सिजन बैंकलाई सहयोग गरेका छन् । रिजालले अमेरिकी १ हजार डलर नेपाली रु १ लाख १७ हजार १ सय ५० सहयोग गरेका छन् । अघिल्लो साता धुर्ब हमालको निधन भएको थियो । बाल्यकालको मित्र हमालको सम्झनामा अक्सिजन बंैकलाई सहयोग गरेका छन् । अक्सिजन बैंकलाई अहिलेसम्म कै ठुलो रकम सहयोग रिजालले गरेका छन् । ‘तेरे जैसा यार कहाँ, कहाँ यैसा याराना’ तिम्रो सदा याद आईरहेको छ मित्र ध्रुव तिम्रो आत्मको चिर शान्तिको कामना गर्दै रिजालले हङकङबाट सहयोग पठाएका हुन् । कोरोना महामारीको विषम परिस्थितीमा प्रवासमा रहेर आफ्नो जन्म थलो बर्दियाका आम नागरिकहरुको जिवन रक्षाका लागि पठाएको सहयोग सराहनिय रहेको अक्सिजन बैंक संचालन तथा समन्वय समितिका संयोजक भेषराज पौडेलले बताए ।