गुप्ता परिवारले ग¥यो स्वास्थ्य सामाग्री सहयोग
सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ३ (फरकसमाचार)

कोरोना महामारीमा फ्रन्टलाईनमा खटिएका प्रहरीलाई गुप्ता परिवारले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गुप्ता परिवारले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य सामाग्रीमा सेनिटाइजर, मास्क र साबुन रहेको छ । कोरोना महामारीको संक्रमणबाट प्रहरी कर्मचारीलाई बचाउन सहयोग गरेकोमा प्रहरी उपरीक्षक कार्कीले गुप्ता परिवारलाई धन्यवाद दिएका छन् ।

गुलरिया नगरपालिका–६ भन्सार रोडमा रहेको ग्लोबल कम्प्युटर, आरजे ट्रेडिङ हाउस प्रालि र जेआर कम्प्युटर इन्फेसिसका संचालक तथा समाजसेवी जवाहिर गुप्ताले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना महामारीमा जोखिमको प्रवाह नगरी अहोरात्र खटिएर नागरिकको सुरक्षा गरिरहेका प्रहरी कर्मचारीलाई संक्रमणबाट बच्न स्वास्थ्य सामाग्री सहयोग गरेको विनोद गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर