बर्दिया,जेठ ४(फरकसमाचार)
अक्सिजन बैंक निरन्तर संचालनका लागि दाताहरुको उत्साह पूर्वक सहभागी भईरहेको बर्दिया अक्सिजन बैंकका संयोजक भेषराज (भरत) पौडेलले बताएका छन् । ‘अक्सिजनमा मेरो योगदान’ भन्ने नाराका साथ अभियानमा जुटेको अक्सिजन समितिमा स्थानीयले हातेमालो गरी अघि बढिरहेको उनले बताए । अक्सिजन अभावमा कोरोना संक्रमित बिरामीको मृत्यु वरण कारक बनेका कारण जन जनबाट अक्सिजन बैक संचालनका लागि सहयोग जुटिरहेको पौडेलले बताए । अघिल्लो साता निजी क्षेत्रका उद्योगबाट संकलन गरिएको अक्सिजन सिलिण्डर भरेर स्थानीय तहले संचालनमा ल्याएका कोभिड सेन्टरमा सिलिण्डर माग परिपुर्ती गर्न थालेपछि देश बिदेशबाट उत्साह पूर्वक सहयोगी हात जुटिरहको उनको भनाई छ ।
‘यस अभियान सबैको सहयोग र उत्साह जरुरी रहेको छ,’उनले भने,‘संकटको बेलामा कोभिड संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने मात्र हो ।’ संकलन गरिएका सिलिण्डर दिन दिनै भरेर बैंकमा जम्मा गरिरहेको उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । उनका अनुसार स्थानीतहका कोभिड सेन्टरमा बैंकमा रहेका सिलिण्डर माग अनुसार परिपुर्ती गरिरहको छ । सिलिण्डर अभावमा अक्सिजन माग बढि भएकाले सिलिण्डर पदपुर्तीका लागि यस अभियान संचालन गरिएको उनले जानकारी दिए ।
महामारीलाई परास्त गरौं अभियानमा स्वदेश बिदेशबाट समेत सहयोग जुटिरहेको उनले जानकारी दिए । बैंकमा २५ वटा सिलिण्डर मौज्याद रहेको छ । स्थानीय तहले खाली सिलिण्डर बैंकमा छाडेर भरेको सिलिण्डर लैजाने गरेर चक्र व्यबस्थापन बैंक समितिले गरिरहेको छ । जिल्ला प्रशासनका अधिकृत नारायण ढकालको निगरानीमा यस अभियानलाई तिब्र पारिएको हो । जिल्ला प्रशासनको कोभिड व्यबस्थापन यसको निगरानी र परिपुर्तिमा समेत सहयोग गरेको छ । कहाँ कति माग रहेका एकिन गरेर पदपुर्ति गरिरहेको जिल्ला प्रशासनका सुचना अधिकृत ढकालले जानकारी दिए ।