चिनी बरामद
मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ४(फरकसमाचार)

प्रहरीले बेवारिसे अवस्थामा राखिएको चिनी बरामद गरेको छ । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरी गस्ति टोलीले बरामद गरेको हो । गुलरिया नगरपालिका–३ लटकनिया बोर्डर नजिकबाट सोमबार चिनी फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको ३ बोरा चिनी १ सय ५० किलोग्राम रहेको छ । प्रहरीका अनुसार बरामद चिनीको मुल्य रु ९ हजार बराबरको छ । फेला परेको चिनीको कानुन बमोजिम बरामदी मुचुल्का तयार गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर