मङ्गलबार, जेठ ०४, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ४(फरकसमाचार)
जिल्ला विपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री एक जनाले सहयोग गरेका छन् । राजापुर नगरपालिका–१ दौलतपुर निवासी दिपिन जोशीले सहयोग स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । जोशीले सर्जिकल मास्क ३ हजार पिस र सेनिटाइजर २५ लिटर सहयोग गरेका छन् । महामारीको विषम परिस्थितीमा संक्रमणबाट बच्न जिल्ला विपद व्यवस्थापनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले धन्यवाद दिएका छन् ।