बर्दिया, जेठ ४(फरकसमाचार)
जिल्ला अस्पताल बर्दियाले सामान्य र कोभिडका बिरामीलाई एकैसाथ उपचार गरिरहेका छ । सोमबार सम्म ११ जना कोरोना संक्रमित अस्पतालको कोभिड वार्डमा उपचाररत रहेको छन् । ११ जनामा ५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र ६ जनाको रिपोर्ट आउँन बाँकी तर एक्सरे रिपोर्ट अनुसार भर्ना गरी उपचार गरिरहेको मेसु सुभाष पाण्डेले बताए । जेनेरल वार्डलाई १७ बेडको कोभिड वार्ड बनाई संक्रमितहरुको उपचार गरिरहेको मेसु सुभाष पाण्डेले बताए । अस्पतालले दिने एमेरजेन्सी सेवा, सुत्केरी सेवा र फिबर क्लिनिक सेवा लगायत सबै सेवा सुचारु रहेको डाक्टर पाण्डेले जानकारी दिए ।
अहिलेसम्म बिरामीहरुको उपचार गर्न जसोतसो अस्पतालको जनशक्तिले धानेको बताए । दोस्रो लहरको महामारीमा १७ जना स्वास्थ्यकर्मी संक्रमित भईसकेको जनाए । संक्रमित स्वास्थ्यकर्मी कोही होम आइसोलेसनमा छन् भने कोही कोभिडलाई जितेर पुनःसेवामा फर्किसकेका छन् । यदि बिरामीको चाप अझै बढ्यो भने अस्पतालको जनशक्तिले नधान्ने डाक्टर पाण्डेले बताए ।