बुटवल, जेष्ठ ४ / कपिलवस्तुमा एक बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको शिवराज नगरपालिका –६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन्। गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले बलात्कार गरेको आरोप छ।
आरोपीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले पक्राउ गरेको हो। मोटरसाइकलमा राखेर बालिकालाई उनीहरुले आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन्।
आरोपीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकर आचार्यले बताए।थाहाखबरबाट