काठमाडौं, जेठ ४ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार २ सय ८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १ सय ३६ जना र ६ सय ९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४ सय १४ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४ सय ४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५ सय ९० जनाको आईसीयू र ३ सय ९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।अनलाइनखबरबाट साभार