बुधबार, जेठ ०५, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ५(फरकसमाचार)
प्रहरीले अबैध सामान मंगलबार पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको धानको बिउ पक्राउ गरेको छ । त्यसैगरी नेपालबाट भारत तर्फ लैजादै गरेको डिजेल पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी गस्ति टोलीलाई देखेर सामान छोडी व्यक्तिहरु भागेको प्रहरीले जनाएको छ । प्रहरीले बिभिन्न जातका धानको बिउँ १ सय ४१ किलोग्राम र डिजेल ४९ लिटर पक्राउ गरेको छ । प्रहरीका अनुसार मुल्य रु ५० हजार ८ सय २७ बराबरको सामान बरामद गरेको हो । छोडिएका सामान प्रहरीले पक्राउ गरी कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।