बिहिबार, जेठ ०६, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ६ (फरकसमाचार)
भारतबाट अबैध रुपमा ल्याउदै गरेको धानको बिउ प्रहरीले बरामद गरेको छ । बुधबार प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–७ पडरियाबाट धानको बिउ पक्राउ गरेको हो । प्रहरीलाई देखेर ल्याउदै गरेको विभिन्न जातको धानको बिउ छोडेर मानिसहरु भागेको उल्लेख छ । प्रहरीका अनुसार पक्राउ परेको धानको बिउ मुल्य रु ३५ हजार ७ सय बराबरको छ । प्रहरीले पक्राउ गरेको धानको बिउ कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयले निकालेको विज्ञाप्तीमा उल्लेख छ ।