बिहिबार, जेठ ०६, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ६ (फरकसमाचार)
एक दिनमा १ सय ४२ जनाले आज कोरोना जितेका छन् । ७४ महिला र ६८ पुरुषले कोरोना संक्रमण जितेका हुन । हालसम्म निको हुनेको संख्या १ हजार ६ सय ५४ पुगेको छ ।
त्यसैगरी बर्दियामा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ३ हजार २ सय २८ पुगेको छ ।
१ हजार ५ सय १ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १ हजार ३ सय ९० जना होम आईसोलेसनमा, १ सय ११ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले ७३ जनाको मृत्यु भईसकेको छ ।