देशभर थप ८ हजार ३ सय ५ संक्रमित थपिए
बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ ६ । देशभर थप ८ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

संस्थागत आइसोलेसनमा ७ हजार ८ सय १४ जना संक्रमित छन् । उनीहरुमध्ये १ हजार ७ सय ४८ जना आईसीयूमा छन्, जसमध्ये ४ सय ९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये ५ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर