अस्पतालका बिरामी नहेरी धर पाउँदैन पूर्व स्वास्थ्यकर्मी खड्का
शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ७(फरकसमाचार)

कम उमेरमै स्वास्थ्य सेवामा जोडिन पुगे ५४ वर्षिय अंमर खडका । २१ वर्षको जागिर जिवनमा ४ वर्ष मात्र बाहिर ठाउँमा सेवा गर्ने अवसर जुरेको थियो । छैठौं तहका जनस्वास्थ्य निरीक्षक खड्का १७ वर्ष बर्दिया जिल्ला अस्पतालको बिभिन्न डिपार्टमेन्टमा काम गरे । १२ वर्ष अस्पतालको ईमरेजन्सी वार्डकै ईन्चार्ज जिम्मेवारीमा बसेका उनी डाक्टर कहलिए । टाउँको दुख्यो खड्का । ज्वरो आयो खड्का । पेट दुख्यो खड्का । त्यसैमा रमोलिएका उनी त्यतिबेला राम्रो पहिचान बनाए । कडक मिजास । जबरजस्त स्वभावका उनलाई धेरैले रुचाए । उमेर ढल्किदै जाँदा जागिर पाक्यो । अस्पतालको जिम्मेवारीमा मात्र नबस्न आग्रह अनुसार नै २०७० सालमा पहिलो पटक उद्योग वाणिज्य संघको अध्यक्ष बने । दोस्रो कार्याकाल खड्कालाई व्यबसायीले चुनेपछि पुनः खड्का वाणिज्य संघमा दोहरिए ।

उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा २०७१ र २०७४ मा बिध्वंसकारी बाढी आयो । एक लाख बढि मानिस प्रभावित भए । बाढीमा ३५ जनाको ज्यान गयो । जिल्ला अस्तव्यस्त बन्यो । राहतका लागि जनमानसमा हाहाकार मच्चियो । राहत संकलन र वितरण खड्काले अग्रणी भूमिका निभाए । त्यतिबेला खड्काले योगदानको चर्चा अझै सेलाएको छैन ।

बाणिज्य संघमा रहदा एक गाउँ एक उत्पादन कार्यक्रमलाई बिस्तार गरे । देखिने काम नगरे पनि अदृश्य काम गरेको खड्का स्मरण गर्छन् । गुलरिया मुर्तिहा नाका खोल्न हर सम्भव प्रयास अदृश्य रहेको उनले बताए । यातायात र कर कार्यालय जिल्लामै सेवा पाउँनु पर्ने माग गरेकाले कर कार्यालय स्थापना भईसकेको उनले बताए । तर,त्यो भन्दा बढि स्वास्थ्य सेवामा बिताएकाले मेरो तन, मन र धन सबै जिल्ला अस्पतालसँग जोडिएको उनले सुनाए । अहिलेसम्म मैले जे चिने बिरामी नै चिने । ‘मैले चिनेको बिरामी नै हो, अशक्त र विपन्न बिरामीले मलाई चिन्छन् ।’

२०७२ सालमा सेवा निबृत भएका खड्का अस्पतालको वार्डमा नपुगेर दैनिकी बित्दैन । अस्पतालमा पर्चा कटाएर सहयोगि भूमिका निभाउन देखि भर्नासम्म अशक्तको सेवामा बित्ने गरेको उनी सुनाउँछन् । ‘मैले जानेकै सेवा भनेको चिकित्सकिय सेवा हो । त्यही भएर मलाई बिरामीले चिन्छन्’ उनी भन्छन्‘मेरा लागि अस्पताल मन्दिर हो, बिरामी देउता हुन्’।

बेला बेलामा उनी भन्ने गर्छन् ‘पैसा बाड्न सक्दिन, श्रम बेच्न सक्छु ।’कोभिडको महामारीमा समेत सिकिस्त बिरामी सेवा उनको प्राथामिकतामा पर्छ । डाक्टरसंगको समन्वयमा जटिल विरामीले अस्पतालबाट सेवा पाईरहेको उनी दाबी गर्छन् । यँहा नभएको सेवाको लागि भेरी र कोहलपुरमा समन्वयको भूमिका उनी निभाउँछन् ।

म सहयोगी पात्र मात्र हुँ त्यसैले मलाई भगवान् सोचेर आउँने बिरामीलाई सेवा उपलब्ध गराउने काम मेरो कर्तव्य हो । बर्दिया जिल्ला अस्पतालमा कोभिड देखि सुत्केरी सेवा चुस्त दुरुस्त भएको उनी बताउँछन् । अस्पतालमा आएकालाई चिकित्सक सेवा नपाई फर्कन पर्दैन, यो मैले देखेको खुसी हो । स्वास्थ्यकर्मी यतिबेला मानविय जिवनको रक्षा गरिरहेको उनले संज्ञा दिए । कोभिडको महामारीमा स्वास्थ्यकर्मी अमूल्य जिवन जोखिम राखेर काम गरिरहेको उल्लेख गर्दै पूर्व स्वास्थ्यकर्मी भएकाले गर्बले छाती चौडा हुने गरेको उनी बताउँछन् । अधिकांश स्वास्थ्यकर्मी आफु अशक्त हुँदा पनि मानविय सेवामा तल्लिन भएको देख्दा स्वास्थ्य सेवामा प्रबेश गरेको क्षण सम्झेर आफु गर्भान्वित हुने गरेको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर