देशभर ८ हजार ६ सय ७ कोरोना संक्रमित थपिए
शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ ७ / देशभर थप ८ हजार ६ सय ७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ पीसीआर परीक्षणमा ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

जसमध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ । भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ८ हजार ४ सय ९५ जना होम आइसोलेसनमा र ७ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७ सय १६ जना आईसीयूमा र ५ सय ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर