निषेधाज्ञा उल्लंघन गर्ने सवारीलाई कारबाही
शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ८ (फरकसमाचार)

निषेधाज्ञा उल्लंघन गरी चलाएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले बैशाख १३ गते देखि जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक सामाग्री ओसार पसार गर्ने बाहेक यात्रु वाहक कुनै सवारी साधन संचालन गर्न नपाईने प्रशासनले जनाएको छ । निषेधाज्ञा उल्लंघन गरी यात्रु ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले ना ५ ख ५१४८ नम्बरको बस नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा पेश गरेको हो

। प्रमुख जिल्ला अधिकारीले रोग संक्रमण ऐन २०२० अनुसार बस चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिए । बुधबार प्रहरीले निषेधाज्ञा गर्ने दुई बस राजापुरबाट नियन्त्रणमा लिई कारबाही गरेको थियो ।

महामारीको यस अवस्थामा यात्रु एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा कोरोना संक्रमण झन् बढ्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर