आफूखुसी रकम संकलन नगर्न प्रशासनको आग्रह
शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ८(फरकसमाचार)

जिल्ला प्रशासन कार्यालय बर्दियाले महामारीको बेला आफुखुसी रकम संकलन नगर्न आग्रह गरेको छ ।
कोरोना भाइरस रोकथाम, उपचार र नियन्त्रणका नाममा जथाभावी रकम संकलन कार्यलाई निरुत्साहित गर्न प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सूचना जारी गरेका छन् ।
कुनै व्यक्तिले स्वेच्छिक रुपमा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवारमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर