शनिबार, जेठ ०८, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ८ (फरकसमाचार)
बर्दियामा थप ५६ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ । २१ महिला र ३५ पुरुषमा भाइरस पुष्टि भएको हो ।
जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ३ हजार २ सय ८८ पुगेको छ । आज एक दिनमा ४७ जना निको भएका छन् । २१ महिला र २६ पुरुष निको भएका छन् ।
निको हुनेको संख्या १ हजार ७ सय ७६ पुगेको छ । १ हजार ४ सय ३४ जनामा भाइरस सक्रिय रहेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या ७७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।