काठमाण्डौं, जेठ ८ / देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २० हजार १ सय ५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ सय २९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८ सय ६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।रातोपाटीबाट