बर्दिया, जेठ ९ (फरकसमाचार)
मेयर साव ! अलि सकस भयो । के गर्ने होला ? ज्वरो पनि आईरहेको छ । हामी आत्तिएका छौं । एक जना नगरवासीको मोबाईलमा एकहोरो जवाफ आईरहदा मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसीको एउटै उत्तर हुन्छ ः एम्बुलेन्स पठाउछु । आईशोलेशनमा बिरामीलाई पठाउनु होस् । नगर प्रमुखको निर्देशनमा एम्बुलेन्स बिरामीको घर कुद्छ । आइशोलेशनका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा तल्लिन हुन अह्राउँछन् । यो दिन चर्या एक दिनको मात्र होईन उनका लागि ।
पहिलो लहरको कोरोना देखि दोस्रो लहरको कोरोना महामारी चल्दा सम्मको कठिन अवस्थामा दैनिक नगरवासीको सेवामा अनवरत खटिन परेको छ उनलाई । पहिलो लहरको कोरोनाका बेला खान पाएन, अलपत्र परेको फोन आउँने गरेको नगर प्रमुख केसी स्मरण गर्छन् । कोरोनाको दोस्रो लहरमा सास फेर्न गाह्रो भो संक्रमित नगरवासीले भन्दा भक्कानो छुटेर आउने गरेको उनले अनुभव साटे ।
यतिबेला कस्तो कस्तो परिस्थितीको सामना गर्न परेको छ’उनी भन्छन्‘बिरामी सास फेर्न नसकेर अतालिएको छ,अस्पतालमा बेड पाईदैन, कतिपय अवस्थामा मैले भगवान् पुकारेर रातभर जाग्राम बसेको छु, भगवान् पुकारेको छु ।’बिरामीलाई एम्बुलेन्स सेवा पूर्ण रुपमा निशुल्क उपलब्ध गराएको उनले बताए । अशक्त बिरामीसँगै भेरी र कोहलपुर शिक्षण अस्पतालमा लगेर जवरजस्त तरिकाले भर्ना गर्न परेको घटना उनी कहिल्यै विर्सदैनन् ।
मधुवनबाट हुईकाएर अस्पतालमा पु¥याउँदा अक्सिजन र बेड अभावले बिरामी छट्पटाएको तिथो यर्थाथ आफु सामु रहेको उनले बताए । उनका अनुसार होम आईशोलशनमा भएका बिरामीको अक्सिजन लेवल कम हुदा सिकिस्त हुने गरेका छन् । त्यस्तालाई समयमै उपचार गराउनु हर सम्भव प्रयासरत हुन्छु । सबैको आ– आफनो ईच्छा हुन्छ । त्यस मध्ये मेरो समाज सेवा रोजाईमा पर्छ । रातभरी जाग्राम भएको अवस्था । छट्पटाईरहको बिरामीको डाक्टर सामु पु¥याउदाको क्षण र नगरवासीले गरेको सम्मानले आत्म सन्तुष्टि मिलेको उनी बताउँछन् । उनका अनुसार आईशोलेशन संचालनमा ल्याएपछि स्वास्थ्यकर्मी सुझाव अनुसार यतिबेला बिरामीलाई बाँके रिफर गरिएको छ ।
आईशोलश पुगेका बिरामीलाई ईमरजेन्सी देखि भेन्टिलेटरसम्म भर्ना गराउन अग्रणी भूमिका मधुवनका नगर प्रमुख देखिएका छन् । मधुवन नगरपालिका नगर प्रमुख चढ्ने स्कारपियो जिप अस्पताल, आईशोलेशन र बिरामीको घर जान अत्याधिक प्रयोग हुने गरेको स्थानीय रिसी काफ्ले सुनाउँछन् ।‘हामीले साच्चै मेयरको सुरक्षा पाएका छांै’उनले भने,‘घर देखि अस्पतालसम्म बिरामीको उपचार भईरहेको छ ।’ ज्यान जोगाउने ग्यारेन्टी त कस्ले लिन सक्छ । बिरामीको सेवा गर्ने दृढतामा नगर प्रमुख केसीबाट कतै र कहि कमजोरी नभएको उनी बताउँछन् । नेपाल भारतको खुला सीमा रहेकाले मधुवन अधिकांश रोजगारीका लागि भारत जाने संख्या अधिक छ । खुला सीमाका कारण कोरोना संक्रमित बढदै गएको उनी अनुमान गर्छन् । तर,पनि नगर प्रमुख सदासयताका कारण नगरबासीले समयमा उपचार पाएको उनी बताउँछन् ।