चौक र चौहारामा प्रहरी, निषेधाज्ञामा कडाई
आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ९(फरकसमाचार)

कोरोना भाइरस दोस्रो लहरको संक्रमण तिब्र रुपमा बढ्दै गएकोले प्रहरीले सडक चौक र चौरहामा भीडभाड नगर्न आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई आधा घन्टासम्म होल्ड गरेर निरुत्साहित गरिरहेको छ । एक हजार बढि साना तथा ठूला सवारी र २ हजार बढिलाई प्रहरीले कारबाही स्वरुप होल्ड गरिएको एसपि ईश्वर कार्कीले बताए ।

उनका अनुसार गोप्य रुपमा जिल्ला भित्र कुनै प्रकारका राजनीतिक भेला, गोष्ठि, सभा, सम्मेलन, महोत्सव, खेल गतिविधिमा समेत रोक लगाईएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न स्थानीय तह, संघ संस्था, राजनीतिक दल, नागरिक समाज र संचारकर्मीलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिने क्रम बढेपछि सावधानी अपनाउन जरुरी औल्याएर अबान्छित गतिबिधि रोक्न प्रहरीको सक्रियता बढ्दोे छ । कोरोना भाइरस न्युनिकरणमा सहयोग गर्न सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क लगाउने, नियमित रुपमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न आम नागरिकमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर