बारबर्दियाले अक्सिजन सिलिन्डर र किट खरिद ग¥यो
सोमबार, जेठ १०, २०७८ मा प्रकाशित

मेनका चौधरी

बर्दिया, जेठ १०

बारबर्दिया नगरपालिकाले कोभिड–१९को रोकथाम, नियन्त्रण र ब्यबस्थापनका लागि अक्सिजन सिलिन्डर र आवश्यक एन्टीजेन किट खरिद गरेको छ ।
बारबर्दिया नगरपालिकाले आईसियु बेड सहित २५ बेडको नगर अस्पताल संचालन गरिरहेको छ । अस्पतालमा निरन्तर कोरोना परिक्षण भईरहेको छ । नगरपालिकाले आइतबार आफ्नै खर्चमा अक्सिजन सिलिन्डर र आवश्यक अनुसार एन्टिजेन किट खरिद गरेर ल्याएको नगरप्रमुख दुर्गा बहादुर थारुले जानकारी दिए ।
नगरप्रमुख थारुले कोरोनाको लक्षण देखिएका बिरामीलाई नगर अस्पतालमा आएर कोरोना परिक्षण गराउन अनुरोध गरेका छन् ।
नगरपालिकाले कोरोना बिरामीहरुको पुर्ण निशुल्क औषधी गर्नुका साथै बिरामी तथा बिरामी कुरुवाहरुलाई निशुल्क खाना समेत खुवाई रहेको छ । अस्पतालमा चौबिसै घण्टा डाक्टर सहितको स्वास्थ्यकर्मीहरुद्वारा इमरजेन्सी सेवा, आइसीयु सेवा, ओपिडी सेवा तथा सिकलसेल रोगको उपचार तथा परामर्श सेवा संचालन गर्दै आएको छ ।
नगरपालिकाले आफ्नै खर्चमा ४० लिटरका १६ वटा नयाँ सिलिन्डर र आवश्यक पर्ने ऐन्टीजेन किट खरिद गरेको हो ।
आरसीथारु मेमोरियल नगर अस्पतालमा संचालन गरिएको अस्थायी कोभिड अस्पतालमा रहेको २५ बेड सबै अक्सिजन सहितको रहेको नगरअस्पतालका प्रमुख डाक्टर रोशन सापकोटाले जानकारी दिए ।
अस्पतालमा १६ वटा नयाँ अक्सिजन ग्याँस सिलिन्डर खरिद गरेपछि २८ वटा ठूला, ६ वटा सानो र ५वटा अक्सिजन कन्सन्टेटर गरि ३९ वटा भएको छ ।
उक्त सिलिन्डरले २५ बेडलाई पर्याप्त हुने बारबर्दिया स्वास्थ्य शाखाका प्रमुख डिल्लीराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर