यस अनलाईनका विज्ञापन दाता," />

आज – १६ जेठ २०७८ आइतवार को राशिफल
आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता,पाठक, शुभचिन्तलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको सन्दर्भमा योजना बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा निराशा र शरीरमा आलस्य आउला । व्यापार र व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्य प्रति बढी सचेत रहनु पर्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको कामबाट सफलता मिल्नेछ । परिवारसँग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । केही मालसामान हराउन पनि सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभारम्भको चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ अवसर र स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पढाइमा पनि प्रगति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बोलीको प्रभावले कम सिद्ध हुनसक्छ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट बिस्तारै सफलता र आम्दानी बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मानसिक शान्ति मिल्नेछ । नजिकको आफन्त वा मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु क्षय पनि होलान् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर