बिहिबार, जेठ २७, २०७८
मा प्रकाशित
0
Shares
२६ जेठ, काठमाडाैँ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेको छ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो । अब रिटमाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चले संसद विघटन गर्नुको कारण पनि माग गरेको छ ।