नगर अस्पतालको उद्घाटन
शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित

बर्दिया, साउन २२(फरकसमाचार)

बाँसगढी नगरपालिकाले बिहिबार नगर अस्पतालको उद्घाटन गरेको छ । बाँसगढी नगरपालिका र एसओएस द्धारा सञ्चालित नगर अस्पताल एक कार्यक्रमको विच नगर प्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै एसओएस अस्पतालको स्वामीत्व नगरपालिकाले लिदै ५ शैयाको अस्पताल सुरु गरको बताए ।

अस्पतालले प्रर्वाह गरिरहेको सेवालाई अझै विस्तार गर्दै जाने बताए । नगर अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको सेवा आम नागरिकले सर्वसुलभ तरिकाले लिन सक्ने नगर प्रमुख अधिकारीले बताए ।
अस्पताल उद्घाटन कार्यक्रममा उप–प्रमुख सुष्मा चौधरीले २५ सैयाको अस्पताल बनिरहेको बताउदै एसओएसलाई थप व्यावस्थापन गर्दै अघि बढाउने बताईन् ।

कार्यक्रममा पुर्व गाविस अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले एसओएस स्थापना भएको बारेमा जानकारी गराउदै त्यस बाट दिने सेवा जेष्ठ नागरिक, बालबालिका, विपद् पिडित र मुक्त कमैयाका निम्ती सेवा दिने गरेको बताए ।

अस्पतालले गरेको सेवा प्रर्वाहको विषयमा ल्याव टेक्नेसियन दिप बहादुर थापाले जानकारी गएका थिए । कार्यक्रममा सहभागी बक्ताहरुले मानव जिवनको लागि स्वास्थ्य महत्व पुर्ण विषय रहेकोले अहिलेको आवश्यक्तालाई मध्यनजर गर्दै नगरपालिकाले नगर अस्पताल उद्घाटन गरकोमा धन्यवाद व्यक्त गरेका थिए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र सर्वसुलभ सेवा अघि बढाउनु पर्ने कुरामा जोड दिए । यसमा आफ्नो तर्फबाट गर्न सक्ने साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रम स्थानिय सम्पुर्ण राजनिति दलका प्रमुख, जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम देवकोटा, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष, स्वास्थ्यकर्मी, कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक कुलबहादुर विष्टले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर