बर्खामा स्वास्थ्य चौकी आवागमन मै सास्ती
बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ २ / असारको पहिलो साता भएको वर्षातले नवनिर्मित स्वास्थ्य चौकीको अगाडि पानीको कुलो बगेको भिडियो र तस्विर सामाजिक संजालमा पोष्ट भए । सामाजिक संजालमा पोष्ट भएका तस्विर र भिडियो गुलरिया नगरपालिका–११ कटिलालपुर गाउँको हो । सामाजिक संजालमा पोष्ट गरिएका तस्विरले व्यापाक चर्चा पायो ।

दुई महिना बितिसक्दा पनि सम्बन्धित निकाय मौन रहेको स्थानीयको आरोप छ । स्वास्थ्य चौकी अगाडि पानीको कुलो बग्न नरोकिदा सेवाग्राही सेवा लिनबाट बञ्चित भएको सर्वसाधरणको गुनासो छ ।

नाम नखोल्ने सर्तमा स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले भने,‘पानीको कुलो तरेर आउँदा लगाएको पोशाकसमेत हिलाम्य हुने गरेको छ ।’

यता, गुलरिया नगरपालिका–११ का वडा अध्यक्ष राम नारायण प्रसाद केसरीले स्वास्थ्य चौकीबाट सेवा दिईरहेको बताए । नवनिर्मित स्वास्थ्य चौकी जाने बाटोको समस्या रहेको अध्यक्ष केसरीले स्विकार गरे ।

स्वास्थ्य चौकी अगाडिको बाटो निर्माण सम्भारको लागि हेम पाईप, तीन ट्रली ईट्टाका खण्डासमेत हालीसकेको तर, त्यतीले अपुग भएको बताए । स्वास्थ्य चौकी अगाडिको बाटाको लागि तीन टिप्पर माटो र तीन टिप्पर ग्राभेलको लागि गुलरिया नगरपालिकालाई पत्राचार गरिसकेको जानकारी दिए ।

वर्षात हुँदा बाटो हिलाम्य भएर घर जान पनि मुस्किल हुने गरेको डल्लापुरका स्थानीयले दुखेसो पोखे । अध्यक्ष केसरीका अनुसार डल्लापुर गाउँको बाटोको लागि वडाले दुई पटक बजेट बिनियोजन गरिसकेको छ ।

तर बिनियोजन भएको बजेट दुवै पटक फ्रिज भएको उनले जानकारी दिए । त्यहाँका स्थानीयले धक्कीसहित काम गर्न नदिएर बाटो निर्माणमा समस्या भएको उनको भनाई छ ।

डल्लापुर गाउँको बाटो निर्माणको लागि आफुले पहल गरेर छिटो भन्दा छिटो निर्माण गर्ने अध्यक्ष केसरीले अश्वासन दिए । वडा नम्बर ११ मा अन्य ठाउँमा बाटो घाटोको समस्या नरहेको अध्यक्ष केसरीले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर