बर्दियामा सिमसिमे वर्षात जारी
बिहिबार, माघ २०, २०७८ मा प्रकाशित

बर्दिया, माघ २० (फरकसमाचार) / बर्दियामा सिमसिमे वर्षात भईरहेको छ । आज दिउँसोबाट असिनासहितको वर्षातले जनजिवन प्रभावित भएको छ । बिहानबाट हल्का घाम देखिएपनि जाडोको अनुभुति हटेन ।

चलेको चिसो हावा र दिउँसोबाट भईरहेको वर्षातले जनजिवन पुर्ण रुपले प्रभावित भएको छ । बिहानबाट मौसम सफा भएपनि एकाएक बदली भई अध्यारो भएको छ । बदली भई मेघ गर्जनसहित सिमसिमे वर्षात जारी छ । असिनासहितको वर्षातले थप जाडो भएको छ ।

सिमसिमे वर्षात भईरहदाँ काम विषेशले निस्केका मानिसहरु घर पसलमा ओत लागेर बस्नु परेको छ । दुई साता अघि देखि शितलहरले अत्याधिक जाडो भईरहेको बेला भएको वर्षातले झन् जाडो महसुस भएको छ ।

बदली भई हल्कादेखि मध्यम वर्षातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो मौसमी अवस्था आगामी आइतबार बिहानसम्म कायम रहने जनाएको छ । आइतबार देखि मौसम सफा हुदै जाने मौैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर