बर्दियामा अबैध सामानसहित एक पक्राउ
बिहिबार, माघ २०, २०७८ मा प्रकाशित

बर्दिया,माघ २० (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सामानसहित एक जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । प्रहरीले गुलरिया नगरपालिका–११ का प्रदिप बढहीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट उनलाई नियन्त्रणमा लिएको छ । बढहीले भारतबाट भन्सार छली १६ थान सिलिङ पंखा ल्याईरहेका थिए ।

प्रहरीका अनुसार बरामद भएको पंखाको मुल्य रु २४ हजार बराबरको रहेको छ । प्रहरीले सामानसहित बढहीलाई कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दिया सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर