शुक्रबार, माघ २१, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, माघ २१ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८ सय ४ पुगेको छ । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।
यसैगरी शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार २ सय १० पुगेको छ ।
संक्रमण मुक्त हुनेको संख्या ८ हजार १ सय ६० पुगेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ३६ हजार ९ सय ४२ जनालाई पहिलो, २ लाख ६७ हजार ७ सय ४८ जनालाई दोस्रो र १ हजार ९४ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।