बर्दियामा सक्रिय संक्रमितको संख्या ७२४ पुग्यो
शनिबार, माघ २२, २०७८ मा प्रकाशित

बर्दिया, माघ २२ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ सय २४ पुगेको छ । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।

यसैगरी शनिबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार २ सय ४४ पुगेको छ ।

संक्रमण मुक्त हुनेको संख्या ८ हजार २ सय ७४ पुगेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ३७ हजार ५ सय २३ जनालाई पहिलो, २ लाख ७३ हजार १ सय २४ जनालाई दोस्रो र १० हजार २ सय ३ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर