स्पन्दन नेपालको अध्यक्षमा निलम गौतम चयन
आइतबार, माघ २३, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया,माघ २३ / स्पन्दन नेपालको अध्यक्षमा निलम गौतम सर्बसम्मत चयन भएकी छन् । पहिलो अबिधेशन बर्दियाको बढैयातालमा सम्पन्न भएको छ । पहिलो अधिबेशनले ४ बर्षको लागि गौतमसहित ११ जनाको जिल्ला समिती सर्बसम्मत चयन गरेको हो ।
स्पन्दन नेपालकी तदर्थ समितिका अध्यक्ष गौतमको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

जसमा उपाध्यक्षमा दिपाकुमारी गौतम, कोषाध्यक्षमा पबित्रा अर्याल, सचिबमा कमला सापकोटा, सह सचिबमा निसा परियार, सदस्यहरुमा युक्त कुमारी खाण, सिता घिमिरे, देब कुमारी मल्ल, भबिकला थापा मगर, डल्लु थरुनी र गिता भण्डारी रहेको सस्थाका सचिब कमला सापकोटाले जानकारी दिईन् ।

बिकृतिको अन्त्य गर्दै समृद्ध समाजको निमार्ण गर्ने उद्देश्यका साथ ०७८ साल श्रावण १० गते बिधिवत रुपमा दर्ता भई जिल्ला प्रशासन कार्यालयबाट मान्यता प्राप्त गरेको संस्थाले स्थापना भएको ६ महिनामा पहिलो अबिधेशन शनिबार सम्पन्न गरेको छ ।

संस्थाले छोटो समयमा बढैयाताल गाउँपालिकाबाट प्राप्त गरेको रु १० लाख अनुदान र संस्थाको सदस्यहरुबाट संकलन गरेको ६ लाख गरि जम्मा १६ लाख बजेटबाट संस्थाको भवन निमार्ण र बेरोजगार महिलाको लागि ढाका बुनाई तालिम सञ्चालन गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

अधिबेशन संस्थाका सल्लाहाकार टुकराज घिमिरे, तेजनाथ पौडेल, शुसिल चौधरी मानब अधिकारका लागि एकल महिला संघ बर्दियाकी अध्यक्ष मिना थापा लगाएतले समाजमा रहेको बिकृति बिसंगति लगाएत असमानताको अन्त्य गर्दै सिर्जनसिल समाज निमार्णमा अहम भुमिका खेल्न सकोस भन्दै संस्थाले सरकारी तथा गैर सरकारी संघ सस्थासंग समन्वय गरी स्वरोजगार तथा शिप बिकासको तालिम लगाएत समाजलाई समृद्ध गर्ने खालका कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर