अपांगता भएका दुई ब्यक्तिलाई सहयोग
आइतबार, माघ २३, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया,माघ २३ / बढैयातालका दुई जना अपांगता भएका ब्यक्तिहरु राहत सामाग्रीबाट लाभान्वित भएका छन् । जनजागरण महिला संघ बर्दियाले प्रदान गरेको राहत समाग्रीबाट उनीहरु लाभान्वित भएका हुन । बढैयाताल गाउँ पाकिला–८ सितला बजारका सुस्तश्रवण अपाङ्गता भएका पदम बहादुर बिक र बढैयाताल वडा नम्बर ९ जनतानगरका पूर्ण दृष्टि बिहिन उमाकान्त भट्टराईलाई संघले जनही २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर तेल, २ वटा साबुन उपलब्ध गराएको र शनिबार ब्ल्याकेट उपलब्ध गराएको संघकी अध्यक्ष गोमादेबी पौडेलले जानकारी दिईन् ।

राहत पाउने पदम बहादुर बिक सितलाबजार स्थित सडक किनारमा आरनको काम गर्दै आएका छन् । कबिर १० बर्ष देखि एक्लै बस्दै आएका ६५ वर्षिय बिक राम्रोसंग कान सुन्दैनन् । उनी सुत्ने ठाउँमा केवल घाम छेक्छ तर पानी छेक्दैन ठुलो पानी र हावा लाग्दा उनी बिचल्लीमा पर्ने गरेको स्थानिय बताउछन् । काम नचलेको बेला कहिले भोकै बस्ने कहिले छिमेकीले दिने गरेको बिक बताउछन् ।

त्यस्तै बढैयाताल गाउँपालिका–९ जनतानगरमा १० बर्ष देखि एक्लै बस्दै आएका ४० बर्षका पूर्ण दृष्टिबिहीन अपांगता भएका उमाकान्त भट्टराईको कथा ब्यथा झन दर्दनाक भएको स्थानिय बताउछन् । एउटा घुम्तिमा बार बेरेर बस्दै आएका भट्टराईको न खाट न खटिया छ । राम्रो बिस्तरा न त खाने खर्च नै उनको स्वास्थ्य अवस्था झन झन कम्जोर बन्दै गएको छ उनको आफन्त भन्ने नै कोही नभएका भट्टराई बढैयाताल ९ जनतानगर स्थित सार्बजनिक जग्गामा घुम्ति रहेको त्यही बस्दै आएको उनी बताउछन् । सरकारको जनता आवास कार्यक्रममा उनीहरु पर्न नसक्दा स्थानिय अचम्मित परेका छन् ।

स्थानिय सरकार, संघ संस्थाले बिभिन्न समयमा राहतका सामाग्री बितरण गरेता पनि दुर दराजमा रहेका यस्ता असहायका लागि भने खासै ध्यान पुग्न नसकेको अवस्थामा महिला संघ बर्दियाले भने खोजी उनीहरु दिएको हो । सानो राहत सामाग्री दिएर उनीहरुको दःखमा मल्हम पट्टी लगाउने प्रयास गरेको आगामी दिनमा पनि स्थानिय सरकार र संघ सस्थासंग समन्वय गरी अन्य सहयोगको लागि पहल गर्ने संघकी अध्यक्ष पौडेले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर